२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । 

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त गर्नका लागि उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै महामारी नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिन भन्दै सहयोगका लागि आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘कोभिडको जो समस्या छ त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीहरुले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहीँबाट फेरि उहाँहरुलाई अनुरोध र आह्वान गर्दछु कि, नेपालमा जो महामारी फैलिएको छ । यो सरकारको कर्तव्य हो । यसलाई पालना गर्नुपर्दछ । साथै तपाईहरुले पनि हातेमालो गरिदिनुभयो भने हामी छिट्टै यो महामारीबाट मुक्त हुन सक्छौँ भन्ने मलाई आशा छ ।’

प्रधानमन्त्री देउवाले वर्तमान प्रधानमन्त्री मिहेनती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गर्नुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहेनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ । उहाँले सक्नुहुन्छ पनि । अत्यन्तै मिहेनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।