११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने अर्थमन्त्री शर्माको जोड (भिडियोसहित)

उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने अर्थमन्त्री शर्माको जोड (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतीमा बदल्नुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत  र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको बताउनुभएको हो । अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नु आवश्यक रहेको पनि बताउनुभयो । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उहाँको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगिकिकरण भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हाम्रो चुनौती हो । यसलाई बदल्नका लागि नीतिगत, योजनागत रुपमा, कार्यन्वयनका दृष्टिकोणले र प्रतिवद्धताका दृष्टिकोणले एउटा नयाँ संकल्पको आवश्यकता छ, हामीले स्थानिय स्तरमा, प्रदेश स्तरमा सना उद्योगहरुको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगहरुको बीचमा फेरि ठूला उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता छ । औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरीकन हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौँ । हाम्रो आयातमुखि अर्थतन्त्रलाई निर्यातमुखि बनाउनको लागि यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगिकरण नै हाम्रो मुख्य आधार हो ।’

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनस्र्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताउनुभयो । कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउनको निम्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गर्नुभयो । उहाँले नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पु¥याउनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री, अर्थमन्त्रीलाई आग्रह गर्दछु की, एकचोटी अब फेरि नपाल एउटा खुला, उदार र ट्रान्सपरेन्ट युगमा प्रवेश गर्दैछ । यहाँ उद्योगधन्दा गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताले खोजेर बसेका छन् । त्यसको शुरुवात अब छिट्टै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘करिव ५ लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्ने नेपाली श्रम शक्तिलाई स्वदेशमा स्वरोजगार एवम् रोजगारीको सिर्जना अवसर गर्ने ठोस नीति, निर्माण गरी अघि बढाउनु आजको आवश्यकता हो ।’

अग्रवालले नीजि क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमीक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।