२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो



अ+ अ-

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औँल्याएको छ। एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन्। बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ।  

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ।  

बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए। लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ। ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने। 

लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ। मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताए।  

उपत्यकामा संक्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा। अनुप बाँस्तोलाले बताए। बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन्। 

उनीहरू मध्येमा ७ देखि १० जना दैनिक भर्ना हुने गरेका छन् भने अस्पतालको २४ बेड क्षमताको आइसियुमा २१ जना भर्ना भएका छन्। डा। बाँस्तोलाका अनुसार संक्रमित हुनेहरूमा खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट धेरै छन्। निषेधाज्ञासँगै नागरिकले जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्दै जानुले संक्रमण पुन उकालो लागेको डा। बाँस्तोलाको तर्क छ।  यो समाचार राजधानी दैनिकमा छ ।