२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको नेपाल पक्षको प्रतिक्रिया



अ+ अ-

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताको वार्ता चलिरहेका बेला स्पष्टीकरण सोध्नु एकता प्रक्रियामा भाँजो हाल्ने काम भएको प्रतिक्रिया दिएको छ। नेपाल पक्षमा रहेका स्थायी कमिटी सदस्यको बैठकले एकताको प्रक्रिया चलिरहेका बेला स्पष्टीकरण सोध्नु गलत भएको निश्कर्ष निकालेको हो। उनीहरुले एकता विरोधी यस्ता कार्य तत्काल रोक्न  आग्रह गरेका छन्।

बैठकमा पार्टी एकताका लागि १० बुँदे सहमति चलिरहँदा स्पष्टीकरण सोध्ने, नारा जुलुस तथा पुत्ला दहन गर्ने जस्ता उत्तेजित गतिविधि गर्ने, विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्नेजस्ता कार्य रोकी एकताको पक्षमा सबै लाग्नुपर्नेमा छलफल भएको छ।

‘अदालतको फैसलाले प्रष्ट रूपमा धारा ७६(५) मा सांसदलाई विवेक प्रयोग गर्ने अधिकार दिइसकेपछि त्यसलाई आधार बनाएर अरू निहुँ झिकेर स्पष्टीकरण सोध्नु राम्रो भएन’, स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।

नेता पन्तले एकताको प्रक्रिया चलिरहेको बेला नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजीदेखि पुत्ला जलाउने क्रियाकलाप तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको गम्भीर ध्यानाकर्षण गराइएको बताए। 

‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवम् पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’, उनले भने, ‘यस्ता गलत र उत्तेजक काम कारबाहीविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गराउँछ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।