३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यहरुका शतप्रतिशत होटल बुकिङ

अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यहरुका शतप्रतिशत होटल बुकिङ
अ+ अ-

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरुले बताएका हुन् ।

अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरुले बताएका छन् । होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशत रहेको बताउनु भयो । उपाध्यक्ष साहले बिहीवार  पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशतसम्म रहेको बताउनुभएको हो ।

उहाँले विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु नयाँ वर्ष लक्षित दुई दिनको लागि फुल अकुपेन्सी हुने बताउनु भयो । उहाँले विशेष गरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरुमा गएर मनाउने भएकाले होटलहरुको बुकिङ राम्रो हुने बताउनु भयो । उहाँले अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढाएकाले होटलहरुको अकुपेन्सी राम्रो रहेको बताउनु भयो ।

उपाध्यक्ष साहले नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटलहरुको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको बताउनु भयो । उहाँले विभिन्न चार्डपर्वमा हुने अकुपेन्सी दुई, तीन दिनको लागि मात्रै हुने बताउनु भयो । उहाँले समग्र रुपमा हेर्दा ७० प्रतिशत होटलहरुमा अकुपेन्सी हुन नसकेको बताउनु भयो । उहाँले अब पर्यटक पूर्वधारहरु बिस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरुको अकुपेन्सी पु¥याउन आवश्यक रहेको बताउनु भयो । उपाध्यक्ष साहले २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विभिन्न चाडपर्वहरुमा युवाहरु सबै भन्दा बढी पर्यटकीय स्थानहरुमा घुम्ने गर्छन् । जस्तो पोखरा,चितवन,धुलिखेल लगायतका स्थानहरुमा धेरै जाने गर्छन् । नयाँ वर्षमा नयाँनयाँ कार्यक्रमहरु पनि ल्याएका हुन्छन् । नयाँ वर्षमा पोखरामा सडक महोत्सव तथा अन्य चितवन,भेडेटार,भैरहवा र लुम्बिनी लगायतका स्थानमा अंग्रेजी नयाँ वर्ष लछित महोत्सवहरु चलिरहेका छन् । यस्ता कार्यक्रमहरुले पनि मान्छेहरु तान्ने गर्छ ।’

‘अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटकहरु धेरै रहेका छन् । अहिले कोभिडको फैलिएको कुरा आएका छन् । स्वास्थ्य प्रोटोकललाई पालना गरेर अगाडि बढ्ने हो । गत वर्षको तुलनामा यो वर्ष होटल व्यवसायीहरु उत्साहित छौं । सन् २०२३ पर्यटन व्यवसायी राम्रो हुने अपेक्षा छ । अहिले केही पाँच तारे होटलहरुको अकुपेन्सी फुल रहेको छ ।’

‘तर समग्र देशभरका होटलहरुमा भने ३० प्रतिशत अकुपेन्सी रहेको छ । अब बिस्तारै बढ्छ भन्ने लागेको छ । होटलहरुका कोठाको माग कम छ तर होटलहरु प्रशस्त रहेको छ । तर होटलहरुको क्षमताको ३० प्रतिशत मात्रै उपयोग भइरहेको छ । लगानी भएका होटलमा ७० प्रतिशत उपयोग नभएकाले प्रतिफल पनि नपाएको अवस्था हो । नयाँ वर्षको अवसरमा होटलको अकुपेन्सी फुल भएको छ । तर सधैँभरी हुँदैन । यो सिमित एक दुई दिनको लागि मात्रै हो । अब सधैँभरी अकुपेन्सी फुल बनाउने प्रयास रहन्छ । पर्यटन पूर्वाधारहरुले साथ दिए त्यो पूरा हुन्छ ।’

उपाध्यक्ष साहले आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुले गर्दा होटल भरिभराउ भएको बताउनु भयो । उहाँले पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव लगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको बताउनु भयो । उहाँले कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ’फ्लो’ ह्वात्तै बढेको बताउनु भयो ।

उहाँले काठमाडौं नजिकका पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पनि अहिले होटल बुकिङ उत्साहजनक रहेको बताउनु भयो । उपाध्यक्ष साहले बुधवार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरुको समस्याका विषयमा ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरुको सम्बन्ध सुधारको लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको बताउनु भयो । उहाँले पूर्वका व्यवसायीहरु बैंकहरुको व्यवहार देखेर सडक आन्दोलनमा रहेको बताउनु भयो । उहाँले सरकारले पर्यटक उद्योगलाई सेवा उद्योग नभएर उद्योगको रुपमा मान्यता दिन माग राखेकाले उद्योगको मान्यताको माग पूरा हुने आशा रहेको बताउनु भयो ।

नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले पर्यटन व्यवसायीहरुमा समस्या समाधान गर्नेमा व्यवसायीहरु आशावादी रहेको उल्लेख गर्नुभयो ।