४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यहरुका शतप्रतिशत होटल बुकिङ



अ+ अ-

काठमाडौँ । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरुले बताएका हुन् ।

अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरुले बताएका छन् । होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशत रहेको बताउनु भयो । उपाध्यक्ष साहले बिहीवार  पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशतसम्म रहेको बताउनुभएको हो ।

उहाँले विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु नयाँ वर्ष लक्षित दुई दिनको लागि फुल अकुपेन्सी हुने बताउनु भयो । उहाँले विशेष गरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरुमा गएर मनाउने भएकाले होटलहरुको बुकिङ राम्रो हुने बताउनु भयो । उहाँले अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढाएकाले होटलहरुको अकुपेन्सी राम्रो रहेको बताउनु भयो ।

उपाध्यक्ष साहले नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटलहरुको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको बताउनु भयो । उहाँले विभिन्न चार्डपर्वमा हुने अकुपेन्सी दुई, तीन दिनको लागि मात्रै हुने बताउनु भयो । उहाँले समग्र रुपमा हेर्दा ७० प्रतिशत होटलहरुमा अकुपेन्सी हुन नसकेको बताउनु भयो । उहाँले अब पर्यटक पूर्वधारहरु बिस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरुको अकुपेन्सी पु¥याउन आवश्यक रहेको बताउनु भयो । उपाध्यक्ष साहले २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ विभिन्न चाडपर्वहरुमा युवाहरु सबै भन्दा बढी पर्यटकीय स्थानहरुमा घुम्ने गर्छन् । जस्तो पोखरा,चितवन,धुलिखेल लगायतका स्थानहरुमा धेरै जाने गर्छन् । नयाँ वर्षमा नयाँनयाँ कार्यक्रमहरु पनि ल्याएका हुन्छन् । नयाँ वर्षमा पोखरामा सडक महोत्सव तथा अन्य चितवन,भेडेटार,भैरहवा र लुम्बिनी लगायतका स्थानमा अंग्रेजी नयाँ वर्ष लछित महोत्सवहरु चलिरहेका छन् । यस्ता कार्यक्रमहरुले पनि मान्छेहरु तान्ने गर्छ ।’

‘अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटकहरु धेरै रहेका छन् । अहिले कोभिडको फैलिएको कुरा आएका छन् । स्वास्थ्य प्रोटोकललाई पालना गरेर अगाडि बढ्ने हो । गत वर्षको तुलनामा यो वर्ष होटल व्यवसायीहरु उत्साहित छौं । सन् २०२३ पर्यटन व्यवसायी राम्रो हुने अपेक्षा छ । अहिले केही पाँच तारे होटलहरुको अकुपेन्सी फुल रहेको छ ।’

‘तर समग्र देशभरका होटलहरुमा भने ३० प्रतिशत अकुपेन्सी रहेको छ । अब बिस्तारै बढ्छ भन्ने लागेको छ । होटलहरुका कोठाको माग कम छ तर होटलहरु प्रशस्त रहेको छ । तर होटलहरुको क्षमताको ३० प्रतिशत मात्रै उपयोग भइरहेको छ । लगानी भएका होटलमा ७० प्रतिशत उपयोग नभएकाले प्रतिफल पनि नपाएको अवस्था हो । नयाँ वर्षको अवसरमा होटलको अकुपेन्सी फुल भएको छ । तर सधैँभरी हुँदैन । यो सिमित एक दुई दिनको लागि मात्रै हो । अब सधैँभरी अकुपेन्सी फुल बनाउने प्रयास रहन्छ । पर्यटन पूर्वाधारहरुले साथ दिए त्यो पूरा हुन्छ ।’

उपाध्यक्ष साहले आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुले गर्दा होटल भरिभराउ भएको बताउनु भयो । उहाँले पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव लगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको बताउनु भयो । उहाँले कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ’फ्लो’ ह्वात्तै बढेको बताउनु भयो ।

उहाँले काठमाडौं नजिकका पर्यटकीय गन्तव्य धुलिखेल र नगरकोटमा पनि अहिले होटल बुकिङ उत्साहजनक रहेको बताउनु भयो । उपाध्यक्ष साहले बुधवार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरुको समस्याका विषयमा ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरुको सम्बन्ध सुधारको लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको बताउनु भयो । उहाँले पूर्वका व्यवसायीहरु बैंकहरुको व्यवहार देखेर सडक आन्दोलनमा रहेको बताउनु भयो । उहाँले सरकारले पर्यटक उद्योगलाई सेवा उद्योग नभएर उद्योगको रुपमा मान्यता दिन माग राखेकाले उद्योगको मान्यताको माग पूरा हुने आशा रहेको बताउनु भयो ।

नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले पर्यटन व्यवसायीहरुमा समस्या समाधान गर्नेमा व्यवसायीहरु आशावादी रहेको उल्लेख गर्नुभयो ।