२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका २२ सांसदले स्पष्टीकरण बुझाउँदै



अ+ अ-

काठमाडौँ । पार्टी निर्देशनको अबज्ञा गरेको भन्दै स्पष्टीकरण सोधिएका नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ दिने तयारी गरेका छन् । एमालेको जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । २२ सासदहरुले एकै ब्यहोराको पत्र संसदीयदलको कार्यलयमा आजै बुझाउने भएका छन् ।

स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख नगरी पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको बिषय समेटिएको छ । 

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार ९किसान० श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।