२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री देउवालाई विश्वासको मतः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउनु भएको छ । जारी एमाले केन्द्रीय समितिको बैठकले नेता नेपाल सहित अन्य २१ सांसद माथी पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।  

जवाफमा नेता नेपालले सर्वोच्च आदलतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिएको उल्लेख गर्नुभएको छ ।  जवाफ नेता नेपालले लेख्नु भएको छ, सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा पार्टीमा समस्या आएको दाबी गर्नुभएको छ । 

जवाफमा भनिएको छ, सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको कारण २७ वैशाख २०७८ वैशाख २७ गते तत्कालिन प्रधानमन्त्रीले विश्वासको मत लिँदा म समेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनिय ठानेनौँ र अनुपस्थित रहेका हौं । यो एक राजनीतिक निर्णय थियो ।’ 

जवाफमा भनिएको छ, बिश्वाशको मत नापएपछि संसदीय दलको नेता परिर्वतन गरेर मात्र अल्पमतको सरकार बनाउनु पर्ने कुरा उल्लेख गर्दै  ‘पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत भएको जनाउनु भएको छ । उहाँले त्यस्तो प्रवृतिको बिरोध गर्न नै आफूहरु बिपक्षमा उभिएको जनाउनु भएको छ । 

उहाँले आफूहरुको कदम नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य मान्यता अनुकुल रहेको दाबी समेत गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष ओलीले पटक पटक संविधान र पार्टीको बिधान उलंघन गरेका कारण समस्या आएको जनाउँदै लोकतान्त्रिक अभ्यासलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रुपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकतावद्ध बनाउन समेत आग्रह गर्नुभएको छ ।