२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री देउवालाई विश्वासको मतः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउनु भएको छ । जारी एमाले केन्द्रीय समितिको बैठकले नेता नेपाल सहित अन्य २१ सांसद माथी पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।  

जवाफमा नेता नेपालले सर्वोच्च आदलतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिएको उल्लेख गर्नुभएको छ ।  जवाफ नेता नेपालले लेख्नु भएको छ, सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा पार्टीमा समस्या आएको दाबी गर्नुभएको छ । 

जवाफमा भनिएको छ, सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रधामन्त्री र दल नेताबाट राजीनामा दिनुको साटो सत्तामा रहिरहने प्रवृत्ति देखाएको कारण २७ वैशाख २०७८ वैशाख २७ गते तत्कालिन प्रधानमन्त्रीले विश्वासको मत लिँदा म समेतले उक्त प्रक्रियामा सहभागी हुन वाञ्छनिय ठानेनौँ र अनुपस्थित रहेका हौं । यो एक राजनीतिक निर्णय थियो ।’ 

जवाफमा भनिएको छ, बिश्वाशको मत नापएपछि संसदीय दलको नेता परिर्वतन गरेर मात्र अल्पमतको सरकार बनाउनु पर्ने कुरा उल्लेख गर्दै  ‘पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत भएको जनाउनु भएको छ । उहाँले त्यस्तो प्रवृतिको बिरोध गर्न नै आफूहरु बिपक्षमा उभिएको जनाउनु भएको छ । 

उहाँले आफूहरुको कदम नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य मान्यता अनुकुल रहेको दाबी समेत गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष ओलीले पटक पटक संविधान र पार्टीको बिधान उलंघन गरेका कारण समस्या आएको जनाउँदै लोकतान्त्रिक अभ्यासलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रुपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकतावद्ध बनाउन समेत आग्रह गर्नुभएको छ ।