१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक

नन्दी रात्रि माविलाई छुट्टै भवन आवश्यक
अ अ+ अ-

काठमाडौँ । उनीहरूले विद्यालय जाने उमेरमा पढ्न पाएनन् । इच्छा हुँदाहुँदै पनि अनेक बाध्यता आए । पढ्ने रहर मनमा छँदैथियो । इच्छा भएपछि उमेर ढल्किँदै गए पनि पढ्ने रहरलाई केहीले छेक्दैन । यस्तै सपना बोकेर राजधानी छिर्नेहरूमा विद्यालय पढ्न नपाएका कैयौँ छन् । तिनै अधुरो सपना र पढाइ भएकाका लागि नक्सालस्थित नन्दीरात्रि मावि एउटा राम्रो ठाउ हो ।

विद्यालयमा अहिले दुई सय विद्यार्थीले रात्रि शिक्षा लिइरहेका छन् । पढ्ने उमेरमा विद्यालय जान नपाएकाका लागि अहिले ढुङ्गा खोज्दा देउता पाएजस्तो भएको छ । विद्यालयमा रात्रि शिक्षा लिनेमध्ये धेरै विद्यार्थी दिउँसो काम गर्छन् । दिनभरि काम गर्ने उनीहरु आफ्नो थकान र भोकसमेत भुलेर साँझ ढल्केपछि विद्यालयतिर दगुर्छन् ।

कुनै बेला ‘भागवत गीता’ पढ्न स्थापित उक्त विद्यालय दिनभरि श्रम गरेर राति ढुक्कसँग पढेर शैक्षिक योग्यता बढाउने विद्याको मन्दिर भएको छ । विद्यालयमा १३ शिक्षकको दरबन्दी छ । काठमाडौंँका विभिन्न स्थानमा बसोबास गर्ने विद्यार्थी यहाँ रात्रि शिक्षा लिन आउछन् । विसं २००७ देखि भर्ना सुरु गरेको विद्यालयमा सुरुमा ८, ९ र १० कक्षा लिइन्थ्यो ।

संस्थापक रामजीप्रसाद अर्यालले हाँडीगाउँबाट भर्ना सुरु गरी नन्दीकेशर बहालमा सारेर पठनपाठन सुरु गराउनुभएको थियो । विसं २०३० मा प्रौढ महिला मन्दिर, नन्दी विद्यालय, रात्रि पाठशाला र गुरुकुल शिक्षालयलाई गाभेर नन्दीरात्रि माविका नामबाट सञ्चालन गरियो । त्यसपछि २०४७ सालमा नन्दीरात्रि मावि र नन्दी मावि नाम राखेर छुट्टै व्यवस्थापनमा चल्यो ।

चाबहिलका चेतनाथ पराजुली सरकारी जागिरे भए पनि आफ्नो शैक्षिक योग्यता बढाउने हुट्हुटीले यही विद्यालयसम्म ल्याइदियो । उहाँ दिउँसो कार्यालयको काम सकेर कक्षा ११ मा पढ्न आइपुग्नुहुन्छ । छोराले पढ्न जान नमानेपछि आफैँ पढ्न आएको उहाँले बताउनुभयो । “छोराको भर्ना गर्न जाँदा उसले पढ्दिन भनेपछि त्यही रिसमा म आफैँ पढ्नुप¥यो भनेर यहाँ आएर भर्ना भएँ”, उहाँले भन्नुभयो, “मलाई पढ्ने मन पहिल्यैदेखि नै थियो तर मिलेको थिएन । ३२ वर्षपछि फेरि विद्यालयमा पाइला टेकेँ ।”

समयले साथ दिएसम्म उच्च शिक्षा पढ्ने उहाँको इच्छा । कार्यालयमा काम गर्दा थकाइ भए पनि विद्यालय प्रवेश गरेपछि पढ्ने जोस आफैँ आउछ उहाँलाई । “अन्य विद्यालयमा दिउँसो धेरै विद्यार्थीहरू आउने र हो–हल्ला हुने गथ्र्यो तर यहाँ शान्त वातावरणमा पढ्न पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

शिक्षकले पनि कुरा नबुझ्दा दुईतीन पटकसम्म बुझाइदिने उहाँको अनुभव छ । उहाँले थप्नुभयो, “यस विद्यालयबारे पहिले नै थाहा पाएको भए पहिल्यै आउने थिएँ, यहाँबाट सम्पूर्ण ज्ञान लिएर जानेछु ।”

कक्षा ८ देखि पढाइ सुरु गर्नुभएका कक्षा १० का वसन्ती तामाङले दुई दशकअघि छुटेको पढाइ अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरायसी व्यवहारले पढाइ छाडे, विवाहपछि परिवारिक जिम्मेवारीले पढ्न पाइएन, २२ वर्षपछि पुनः पढ्न पाउँदा खुसी लागेको छ ।”

जोरपाटीमा व्यवसाय गरेर बस्ने तामाङले धेरै वर्ष पढाइ छुटेकाले पढेको कुरा बुझ्न गाह्रो हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइ छाडेको धेरै भएकाले गुरुहरूले पढाएको कुरा फेरि सम्झिन गाह्रो हुन्छ, दोहो¥याएर सोध्नुपर्छ, तर सरहरू झर्को नमानी राम्रोसँग सम्झाउनुहुन्छ ।” समयाभावले गृहकार्य गर्न गाह्रो हुने उहाँले बताउनुभयो । “कामको थकाइले गृहकार्य गर्न समस्या हुन्छ, गुरुहरूले थप समय दिएर सहयोग गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “झर्को मान्नु हुँदैन, हाँसीहाँसी पढाउनुहुन्छ ।”

अहिले पढ्न पाउँदा विद्यालयले बालाजीवन फर्काइदिएको अनुभव भएको उहाँको छ । “विद्यालयले फेरि बालापन फर्काइदिएको छ, यहाँ महिनामा एकपटक अतिरिक्त क्रियाकलाप हुन्छ, त्यहाँ आफ्नो प्रतिभा देखाउन पाइन्छ”, उहाँले भन्नुभयो ।

उहाँले नन्दीरात्रि माविजस्तै विद्यालय विभिन्न ठाउँमा चाहिने बताउनुभयो । “म जोरपाटीबाट आउँछु, यहाँ आइपुग्न निकै समय लाग्छ, विद्यालयले तोकेको समयमा पुग्न गाह्रो हुन्छ, राति घर फर्किन पनि समस्या हुन्छ, त्यसैले यसको शाखा ठाउँठाउँमा खोलेको भए अरू मानिसले पनि शिक्षित हुने अवसर पाउँथे ।”

विद्यालयका सहायक प्रधानाध्यापक शिव शिवाकोटी पढ्ने इच्छाशक्ति भए पनि श्रममा व्यस्त रहेकालाई लक्षित गरी खोलिएको विद्यालय भएकाले यहाँका विद्यार्थीलाई सजिलो पार्न कक्षाकोठामै गृहकार्य गराइने बताउनुहुन्छ । विभिन्न उमेर समूहका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर सँगै पढाउँदा सबैलाई बुझाउन गाह्रो हुन्छ । “यहाँ पढ्न आउने विद्यार्थी विद्यालयभन्दा बाहिर विभिन्न कार्यमा आबद्ध हुन्छन्, त्यसैले एउटै तरिकाले सिकाउन नमिल्ने रहेछ, विद्यार्थीको अवस्था हेरेर पढाउनुपर्छ ।”

विद्यालयका प्रधानाध्यापक राजेश हुमागाइँ यस्ता विद्यालय अन्त नभएको बताउनुहुन्छ । “पहिला विद्यालयको सङ्ख्या न्यून थियो । सरकारी जागिर गरेकाको शैक्षिक योग्यता नहुँदा यो विद्यालयको स्थापना गर्नुप¥यो,” उहाँले भन्नुभयो, “केही कारणवश पढाइ छाडेकाहरु फेरि पढ्नुपर्ने रहेछ भन्ने लागेपछि यहाँ आउछन् ।”

कोभिड महामारीभन्दा अगाडि धेरै विद्यार्थी यहाँ आउथे । अहिले घटेर दुई सय छ । विद्यार्थी नियमित नहुनाले पठनपाठनमा समस्या पर्छ । विद्यालयको नतिजा राम्रो रहेको उहाँले जिकिर गर्नुभयो । “यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अन्य स्कुलसँग तुलना गर्न त मिल्दैन”, उहाँले भन्नुभयो, “तर नतिजा हेर्दा यहाँका विद्यार्थी प्रायः सबै उत्तीर्ण हुन्छन् ।”

विद्यार्थीलाई पढ्न आउन सजिलो छ । तर राति यातायात सेवा नचल्दा घर फर्कन अप्ठ्यारो हुन्छ । एउटै भवनमा नन्दीरात्रि मावि र नन्दी मावि सञ्चालन हुन्छ । व्यवस्थापन फरकफरक भएकाले कक्षा कोठादेखि सरसफाइसम्ममा समन्वयको अभाव रहेको गुनासो छ । नन्दीरात्रि विद्यालयका लागि छुट्टै भवनको व्यवस्था गरिदिन सरकारसँग माग गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कम्प्युटर र विज्ञान प्रयोगशाला जस्ता पूर्वाधार अभावले आधुनिक प्रविधि उपयोग गरेर विद्यार्थीलाई पठनपाठन गर्न बाधा परेको गुनासो उहाँले गर्नुभयो । रासस