१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

बिचौलियाको मारमा सुन्तला कृषक

बिचौलियाको मारमा सुन्तला कृषक
फाईल फोटो
अ अ+ अ-

रेसुङ्गा । गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम रु एक सय छ । दानाको आकारका भरमा रु पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ ।

गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् । सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन् ।

बजारमा प्रतिकिलोग्राम रु एक सयमा सुन्तला धमाधम बिक्री भए पनि बिचौलियाले सुन्तला कृषकलाई त्यसको आधा रकम तिर्न पनि गाह्रो मान्छन् । सुन्तला बगैँचामा आफूहरुको मोलतोल नचल्ने बिचौलियाकै मनोमानी चल्ने सुन्तला कृषकको गुनासो छ ।

बजारमा चलेको मूल्यअनुसार सुन्तला बिक्री गर्न नपाएको छत्रकोट गाउँपालिका–३ का कृषक जितबहादुर झाँक्रीले बताउनुभयो । “सुन्तला बजारीकरणमा निकै समस्या छ, धेरै सस्तोमा बेच्नुपर्ने बाध्यता आइलाग्छ”, उहाँले भन्नुभयो, “उनीहरुले तोकेको मूल्यमा नदिए कुहिएर जाने सम्भावना हुन्छ ।” आफूहरुले सानो दाना प्रतिकिलोग्राम रु ४० र ठूलो दाना प्रतिकिलोग्राम रु ५० मा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँको बगैँचामा अहिले सुन्तलाका पाँच सय बोट छन् । उहाँले वार्षिक नौ सय क्विन्टल सुन्तला बिक्री गर्दै आउनुभएको छ ।

सोही ठाउँका अर्का कृषक विष्णु कँडेलको पनि समस्या बजारीकरणको हो । उहाँले बगैँचासम्म गाडी लगेर सुन्तला बजारमा पु¥याउन सुविधायुक्त सडक नभएकाले नोक्सान बेहोर्दै आउनुभएको छ । “बजारमा आफैँले सुन्तला बिक्रीका लागि लैजान गतिलो बाटो छैन”, उहाँ भन्नुहुन्छ, “बजारको भन्दा आधा मूल्यमा दिए मात्र सुन्तला बिक्री हुन्छ ।” उहाँले नर्सरीसहित सुन्तला बगैंचा स्थापना गर्नुभएको छ ।

सोही स्थानकी कृषक पुनकला भुसालको पनि समस्या यही हो । सुन्तलाको बजारीकरणमा कुनै समस्या नभए पनि आफूहरुले भनेको मूल्य भने पर्दैन । बुटवलबाट आएर बगैँचाबाटै सुन्तला बिक्री हुने तर उनीहरुले भनेकै मूल्यमा दिनुपर्ने बाध्यता रहेको भुसालले गुनासो गर्नुभयो ।

छत्रकोटमा कृषकबाट सुन्तला खरिद गर्ने र बजारसम्म पु¥याएर उपभोक्तालाई बिक्री गर्न केही छत्रकोटकै स्थानीय, केही पाल्पा र केही बुटवलसम्मबाट आउने गर्दछन् । कृषकले दिएसम्म अझ सस्तोमा बगैँचामा खरिद र नदिए पनि बढीमा प्रतिकिलोग्राम रु ५० सम्ममा खरिद हुने गरेको छ । कृषकहरु पनि यस्तै ठेक्का लिने व्यापारीहरुलाई सुन्तला बेच्न बाध्य छन् ।

सुन्तला कृषकलाई आबद्ध गरेर काम गरिरहेको अनमोल कृषक समूहका अध्यक्ष विष्णुप्रसाद पन्तले कृषकले तोकेको मूल्यमा सुन्तलाको बजारीकरण गर्न कोल्डस्टोर आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारको सहयोग भएमा आफूहरुले कोल्डस्टोर स्थापना गर्ने र कृषकलाई भनेकै मूल्य दिन सक्ने समूहका अध्यक्ष पन्तको भनाइ छ ।

छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले आफूहरुले यस वर्ष कोल्डस्टोर स्थापनाका लागि बजेट विनियोजन नगरेको जानकारी दिनुभयो । “गाउँपालिकाबाट यो वर्ष सुन्तला कृषकका लागि कोल्डस्टोरको कार्यक्रम छैन्”, उहाँले भन्नुभयो, “प्रदेशमा माग गरेका छौँ, भयो भने कृषकको समस्या समाधान हुन्छ ।” आफूहरु कृषकको पक्षमा रहेकाले समस्या समाधान गर्ने गाउँपालिका उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

गुल्मीमा यस वर्ष कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । जसबाट कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख आम्दानी हुने कृषि ज्ञान केन्द्र गुल्मीको अनुमान छ ।