२१ मंसिर २०८२, आईतवार
,
Latest
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस २२ गते सर्वोच्चमा गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे सुनुवाइ हुने



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

यसअघि पुस ६ गते सुनुवाइ हुने भनिए पनि मंगलबार मात्र आदेशको प्रमाणित कपी आएको ओ । अधिवक्ता रविराज बसौलालगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत हुनुहुन्छ ।

गृहमन्त्री लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा पुस २२ गते दुवै पक्षका कानून व्यवसायीले बहस गर्नेछन् । त्यसपछि अदालतले के हुने भन्ने आदेश दिनेछ ।

अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उहाँविरुद्ध मुद्दा परेको हो । रिटमा उहाँलाई सांसद पदको शपथ लिन रोक लगाउनुपर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्नुपर्ने माग गरिएको छ ।