२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-ट्वान्टी लिगः लुम्बिनीद्वारा पोखरा एभेन्जर्स पराजित



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सलाई लुम्बिनी अल स्टारले पराजित गरेको छ ।

किर्तिपुर टियु मैदानमा भएको खेलमा १ सय ३४ रनको लक्ष्य पाएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्यो ।

लुम्बिनीका लागि कुशल भुर्तेल सर्वाधिक ३९ रन बनाए । शाडले क्लाउड वैन शाल्कविकले अविजित ३१ तथा उन्मुक्त चन्दले २२ रन बनाए । यस्तै अनिल शाहले १९ रन जोडे भने गुलसन झा १० रनमा आउट भए ।

पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २/२ विकेट लिए । प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । पोखराको लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको बिष्फोटक ईनिङ खेले । यस्तै, उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शाडले क्लाउड वैन शाल्कविकले ३ विकेट लिए भने किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए ।

लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने पोखरा ३ खेलमा अंक तालिकाको पुछारमा रहेको छ ।

यस प्रतियोगिताको फाईनल खेल पौष २७ गते हुनेछ ।