२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको प्रश्नः आफ्नो पार्टीभित्र अनुशासन चाहिने,आफ्नो पार्टीभन्दा बाहिर अनुशासन नचाहिने ?



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै आफ्नो पार्टीमा अनुशासन चाहिने तर आफनो पार्टीभन्दा बाहिर अनुशासन नचाहिने भनेर प्रश्न गर्नुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई बधाई ज्ञापन गर्ने क्रममा उहाँले प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा दाबी गर्दा नेपाली कांग्रेसको निर्णयको चिठी प्रस्तुत गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, "प्रधानमन्त्रीमा दाबी गर्दै गर्दा सम्माननीय प्रधानमन्त्रीले त्यहाँ नेपाली कांग्रेसको निर्णयको चिठी प्रस्तुत गर्नुभएको छ, जसमा नेपाली कांग्रेस निर्णय गर्दछ संसदीय दलका नेता शेर बहादुर देउवालाई हामी प्रधानमन्त्री बनाउँछौ । सारै राम्रो कुरा हो यो, यो हो कल्चर सभामुख महोदय ।" 

उहाँले अगाडी भन्नुभयो, "अर्को पार्टी नेकपा माओवादी केन्द्रले पनि निर्णय गरेको छ, म धेरै समय नलिने भएर उक्त चिठीबारे म यहाँ कुरा राख्दिन, तर उहाँहरुको पनि चिठी छ, हाम्रो पार्टीको तर्फबाट निर्णय गरेका छौं हामी समर्थन गर्छौं शेर बहादुरजीलाई हाम्रो पार्टीको निर्णय हो यो । तपाईहरुको यो निर्णय संविधानका धारा उपधारा अनुरुपहरु छन्, तपाईहरुले आफ्नो पार्टीको हकमा जुन निर्णय गर्नुभो त्यो ठिक निर्णय गर्नुभो तर त्यही दाबीमा तपाईले अरु दलका सांसदहरुलाई भने स्वतन्त्र सांसदको रुपमा झुन्ड्याइदिनुभो ।"