२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको बगरबाट अवैध हतियार सहित एकजना पक्राउ



अ+ अ-

कास्की । पोखराको बगर क्याम्पस गेट अगाडीबाट अवैध हतियार सहित एकजना पक्राउ परेका छन्।

बुधबार राति करिब १० बजेको समयमा बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी कारमा लुकाई राखेको अवस्थामा दुई नाले बन्दुकसहित प्रहरीले पोखरा -१६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई पक्राउ गरेको हो । 

प्रहरीको टोलीले क्याम्पस गेट अगाडी सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङले चलाएर ल्याएको ग २ च ४३७४ नंवरको कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियारसहित नगद १६ हजार र मोवाइल वरामद गरेको हो ।

पक्राउ परेका गुरुङमाथि जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको छ ।