२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डाँडा बजार’ गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चित्र याख्खाको संगीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता सन्याक लिम्बू र हिमानी फेवन लिम्बूको आवाज रहेको ‘डाँडा बजार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

चारखोला सिशिर (सिशिर लिंदेन)को शब्द रहेको ‘डाँडा बजार’लाई राम कार्कीले एरेञ्ज गरेका हुन् । गीतलाई म्युजिक मिडिया–धरानको स्टुडियोमा रेकर्ड गरिएको हो । 

निर्माता एवं निर्देशक देउकृष्ण देवानको निर्देशनमा तयार गरिएको गीतको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता सन्याक लिम्बू फिचर्ड छन् । पूर्वेली लोक भाका दोहोरी गीतको सार्वजनिक भिडियोमा आधुनिक देवान (भूमिराज) र पद्मा माया लिम्बू (सीता राई)को पनि अभिनय रहेको छ ।

सुमन तामाङको छायाङ्कन रहेको गीतको भिडियोलाई बिकास दाहालले कलरिङ र सम्पादन गरेका हुन् । ‘तारेभीर’ फेम निर्माता देउकृष्ण देवानले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि आफूलाई अब्बल सावित गरिसकेका छन् ।

निर्माता–निर्देशक देउकृष्ण देवान करिब दर्जन बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । कोरियोग्राफर समेत रहेका देउकृष्ण देवान आगामी दिनहरुमा पनि दर्शक/श्रोतामाझ उत्कृष्ट म्युजिक भिडियोहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।