२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काउटको पद तथा गोपनीयताको शपथ ग्रहण



अ+ अ-

काठमाडौं । नेपाल स्काउटको दीक्षान्त लिनेमा यहाँको गोदावरी नगरपालिकाका जनप्रतिनिधि पहिलो भएका छन् । 

नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी र नगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायलाई दीक्षित गराइएको हो । दीक्षित पदाधिकारीलाई स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । 

संयोजक भण्डारीले अघिल्लोे सरकारले देशका सबै सामुदायिक विद्यालयमा स्काउटको विकास र विस्तारका लागि नीतिगतरुपमा निर्णय गरेर प्रक्रिया अघि बढाएको बताउनुभयो ।अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले नगरपालिकाले स्काउटलाई प्राथमिकतामा राखेर अघि बढेकामा शुभकामना दिनुभयो । 

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, शिक्षा पत्रकार सञ्जालका पूर्वअध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयमा स्काउट कमजोर रहेका बेला विस्तारको कार्यक्रम आउनु सकारात्मक भएको बताउनुभयो ।