२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई मन्त्री छान्नै सकस, मानसिक तनावमा परेको खुलासा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेको बताएका छन् । 

शनिबार विहान पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका हुन् ।  

'४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो' उनले भने, 'कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।'  प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताए। 

उनले पछिल्लो समय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् । 

'मन्त्री नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृतिको विकास भएको छ' उनले भने। मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रुपमा तनाव परेको उनले बताए।