२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताः नेपालले आज श्रीलंकाको सामना गर्दै



अ+ अ-

काठमाडौं । २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्नेछ ।

बङ्गलादेशको ढाकामा हुन लागेको नेपाल र श्रीलंकाबिचको खेल नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बङगलादेशसँग ३-० को सोझो सेटमा हारेको नेपाल आज पहिलो जितको योजनामा रहेको छ । यस्तै, पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको श्रीलंका पनि पहिलो जित हासिल गर्न चाहन्छ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ । नेपालले लिग चरणको अन्तिम खेल पुस ९ गते शनिबार कीर्गिस्तानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।