काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक शुरु भएको छ।
बैठकमा पाँच एजेन्डा रहेको बताइएको छ । जसमा समसामयिक राजनीतिक, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने लगायतका एजेण्डा रहेको स्रोतले बताएको छ ।
यता अर्को पक्ष महन्थ ठाकुर समूहको पनि कार्यकारिणी समितिको बैठक बस्दैछ।











