५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा पौडेललाई बधाई



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल जापान सरकारद्वारा दिइने राजकीय सम्मानबाट आज यहाँ विभूषित भएपछि आयोजित कार्यक्रममा सहभागी हुनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई जापान सरकारले प्रदान गरेको ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित हुनुभएको बधाई ज्ञापन गर्दै यो देशले नै पाएको अनुभूति भएको बताउनुभयो ।

यस्तै वरिष्ठ नेता पौडेलले यो सम्मानका लागि जापानी जनता, सरकार, त्यहाँका सम्राट र राजदूतप्रति आभार व्यक्त गर्दै यो सम्मान नेपाल, नेपाली र कांग्रेसप्रतिको सम्मान भएको महसुस गरेको बताउनुभयो ।

सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान वरिष्ठ नेता पौडेललाई आज जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्वसभामुखको हैसियतमा दुई देशबीचका संसदीय सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि विभूषित गरिएको जनाइएको छ । जापानी सम्राट मेइजीले सुरु गर्नुभएको सो राजकीय सम्मान विश्वका विशिष्ट व्यक्तिलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान हो ।

वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापानमैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलोे अध्यक्षसमेत रहनुभएको थियो । उहाँ सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवद्र्धनमा पनि सक्रियरूपमा संलग्न हुनुहुन्थ्यो ।

सो कार्यक्रममा मन्त्रीहरु, नेपाली कांग्रेसका नेताहरु, सांसद एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता थियो । रासस