९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

उद्यमशीलता प्रवर्द्धन गर्ने शैक्षिक गतिविधि आवश्यक: राष्ट्रपति भण्डारी

उद्यमशीलता प्रवर्द्धन गर्ने  शैक्षिक गतिविधि आवश्यक: राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले उद्यमशीलता प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्ने बताउनु भएको छ ।

मोरङको बाहुनी, बेलबारीमा रहेको श्री जनता नमूना माध्यमिक विद्यालय, मोरङद्वारा आयोजित विद्यालय भवन समुद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै राष्ट्रपतिले यस्तो बताउनु भएको हो ।

विद्यालयसँग व्यक्तिगत रूपमा भावनात्मक सम्बन्ध रहेको उल्लखे गर्दे उहाँले विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन बालबालिकाको ठूलो हिस्सालाई शिक्षा प्रदान गर्दै आएका सामुदायिक विद्यालयहरूको भौतिक एवम् शैक्षिक पूर्वाधार विकासका निम्ति संघीय तथा प्रदेश सरकार र स्थानीय तहले विशेष प्राथिमकता दिनु पर्ने सुझाब दिनुभयो ।उहाँले भन्नुभयो ‘गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गरी हाम्रो जनशक्ति र पूँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नु पर्दछ ।’

समारोहका राष्ट्रपति भण्डारीले सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीको अनुपातमा प्रतिफल हासिल हुन नसकिरहेको भन्ने गुनासो रहेको उल्लेख गर्दे गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा प्रदान गरी परिणामद्वारा सामुदायिक विद्यालयहरूले यस प्रकारको गुनासोलाई सम्बोधन गर्न सक्नु पर्ने बताउनु भयो ।
प्राचीन कालदेखि नै नेपालको एउटा परिचय ज्ञानभूमि र शान्तिभूमिका रूपमा स्थापित भएको स्मरण गर्दे उहाँले हाम्रा वीर पुर्खाको ठूलो त्याग र बलिदानबाट मुलुकको एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको इतिहासका बारेमा हामी सबै परिचित भएको बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो ‘हाम्रा विद्यालयहरूले प्रदान गर्ने शिक्षा र सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियता प्रतिको उच्चतम दायित्व बहन हुने छ भन्ने मैले अपेक्षा लिएको छु । राष्ट्रप्रेम र मुलुकप्रतिको अविचल निष्ठालाई जीवनको लक्ष्य बनाउने नागरिक तयार गर्न विद्यालय शिक्षाको अग्रणी भूमिका रहने विषयलाई म जोड दिन चाहन्छु ।’

२०१३ सालमा स्थापना भएको यस विद्यालयले २०३४ सालमा एसएलसी, २०६६ सालमा उच्च मा.वि., २०७३ सालमा प्राविधिक धार र २०७४ सालबाट नमूना विद्यालयको रूपमा छनौट भएको थियो ।