३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो परेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे भने एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।

उता, नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके । त्यसअघि लुसेल स्टेडियममा भएको खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।

खेलको ३५ औं मिनेटमा नाहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को अवस्थामा ल्याए । उनी ७८ औं मिनेटमा मेम्फिस डिपाएको स्थानमा मैदान छिरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।