५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

बेगनासका होटल त खुले तर महामारीको त्रास कायमै

बेगनासका होटल त खुले तर महामारीको त्रास कायमै
अ+ अ-

लेखनाथ । लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन नेपाल सरकारले छिटो भन्दाछिटो सबैलाई पुग्ने गरीे कोरोनाविरुद्धको खोप ल्याउनुपर्ने माग यहाँका व्यवसायीको छ । 

“दुई हप्ताबाट आन्तरिक पर्यटक आउन शुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौँ”, बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भन्नुभयो, “विकास निर्माणका कामलाई एक वर्ष थाँती राखेर भए पनि नेपाल सरकारले सम्पूर्ण नेपालीलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप लगाउन अनिर्वाय छ ।” 
    
सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम शुरु भएको बताइएको छ । कटौती गरी बाँकी रहेका एक दुईजना कर्मचारी र आफैले पनि पाउनालाई सेवा दिँदै आएको होटल व्यवसायी अधिकारीले बताउनुभयो ।   

“घर भाडामा लिएर होटल सञ्चालन गर्ने केही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँं, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँं, तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ”, होटल  तथा रेष्टुराँ एशोसिएशन लेखनाथका अध्यक्ष अर्जुन लम्सालले भन्नुभयो, “सरकारले व्यवसायीलाई पुनः कर्जाको व्यवस्था गर्नुपर्छ ।”        
    
लेखनाथमा २०० को हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । एशोसियशनमा आवद्ध भने १०५ मात्र छन् । अध्यक्ष लम्सालका अनुसार रिसोर्टदेखि साना होटलले यहाँ आउने पर्यटकलाई सेवा पु¥याउँदै आएका छन् ।  
    
 बेगनासस्थित न्यू थकाली भान्सा घरका सञ्चालक नीतेश लालचनले भन्नुभयो, “केही दिनदेखि दिउँसोको खाजा खानेगरी आन्तरिक पर्यटन बेगनास आउन थालेका छन् ।” बेगनासतालमा पाइने शहर, रहु, असला, नैनी, कमन, माहुर, तिलपिया बिगहेडलगायत जातका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन् । सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका होटल व्यवसायी चित्रबहादुर गुरुङ बताउनुहुन्छ । रासस