५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले तटबन्ध बनाउन महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा तनाव



अ+ अ-

काठमाडौं । भारतले तटवन्ध निर्माण गर्न महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा स्थानीयले बिरोध गरेका छन् ।

भारतले पूर्व सहमति बिपरीत तटबन्ध निर्माण गरेपछि स्थानीय बासिन्दाहरूले सांकेतिक रुपमा बिरोध गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भारतले आफ्नो क्षेत्रमा तटबन्ध बनाउने क्रममा महाकालीको धार परिवर्तन गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।’


असारमा महाकालीको बाढीले दार्चुलामा क्षति पुर्याएको थियो । पुनः नदीको धार परिवर्तन गर्दा नेपाली भूमिमा कटान हुन सक्ने भन्दै बिरोध भएको हो । प्रमुख जिल्ला अधिकारीले भन्नुभयो, ‘काम सुरु हुनु भन्दा अघि भारतीय पक्षसंग एक खालको सहमति भएको थियो तर सहमति बिपरीत काम गर्दा स्थानीय आक्रोशित बने ।’

स्थानीयको बिरोध पछि पुनः भारतीय पक्षसंग कुराकानी गरी समस्या समाधान गरिएको जानकारी उहाँले दिनुभयो । अब निर्माण कार्य गर्दा नदीलाई बीचमा पारेर गर्ने सहमति भएको छ ।




भर्खरै