२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी जागिरमा आरक्षणको मागसहित आन्दोलनमा उत्रदै सुकुम्बासी



फाईल फोटो
अ+ अ-

काठमाडौं । सुकुम्वासीहरुले सरकारी निकायमा आरक्षणको माग गर्दै आन्दोलन गर्ने भएका छन् ।

सबै पिछडिएका समूहलाई आरक्षण दिएपनि सुकुम्बासीलाई नदिइएकाले सरकारी जागिरमा आरक्षणको माग गर्दै आन्दोलनमा उत्रने मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताएका छन् ।

देशभर ४० लाखभन्दा बढी सुकुम्बासी रहेको दावी गर्दै उनले त्यही अनुपातमा राजनीति र सरकारी सेवामा सुकुम्वासीलाई कोटा दिनुपर्ने बताए । ‘दलित, पिछडिएका जातजाति, आदिवासी-जनजातिलगायत सबैलाई आरक्षण दिने तर हामीलाई नदिने यो कहाँको न्याय हो ?’ उनले भने ।

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर लिएर गएपछि उनीहरु आन्दोलित छन् ।