५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा भइरहेको छ।

भदौमा महाधिवेशन हुँदैन।आयोगका  पदाधिकारीसँग कांग्रेसका नेताहरू नियमित सम्पर्कमा रहेको जानकारी दिँदै एक नेताले भने, ‘आयोगले कांग्रेसलाई महाधिवेशन गर्न पुस मसान्तसम्मको समय दिनेछ।’ कोरोना भाइरसको संक्रमणसहितका कारण देखाएर कांग्रेसले आयोगसँग समय माग गर्ने उनले बताए। ‘त्यसको जवाफमा आयोगले पुस मसान्तसम्मको समय दिनेछ’, उनले भने। कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मका लागि तोकेको थियो।

तर अब एक महिना मात्रै बाँकी रहँदा क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन।

उक्त विषय टुंगो लगाउन बिहीबार पाँच दिनको समय मागिए पनि उक्त विषय टुंगो नलाग्ने स्रोतले दाबी ग¥यो। सयभन्दा बढी वडामा सदस्यता विवाद रहेको, बारा र सप्तरीको नयाँ सदस्यता फाइल खोल्दै नखोलिएको, धनुषा, सर्लाहीका एकएक निर्वाचन क्षेत्रको विवाद कायम रहेको र विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकाको संगठन समायोजनको काम नसकिएकाले चाहेर पनि भदौमा महाधिवेशन सम्भव नरहेको कांग्रेस स्रोतको दाबी छ। कांग्रेसले पछिल्लो पटक तय गरेको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ देखि वडा अधिवेशन गरेर बिहीबार पालिका तहको अधिवेशन भइसक्नुपर्ने थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।