६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक सञ्चालनमा



अ+ अ-

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका कारण दिनभरजसो अस्तव्यस्त बनेको नयाँ बानेश्वर क्षेत्रको सडक केहीबेर अघि खुलेको छ । 

प्रभावित सडक खुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले प्रभावित नयाँ बानेश्वर क्षेत्रको सडक खुलेकाले यातायात सामान्य रुपमा सञ्चालन भइरहेको जानकारी दिए । बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो ।

सडक प्रभावित हुँदा विद्यालका विद्यार्थी, कर्मचारी तथा अत्यावश्यक कामले आवतजावत गर्ने जनसाधरणले सहज रुपमा यात्रा गर्न पाएनन् । माइतीघरदेखि तिनकुनेसम्मको सडक अवरोध भएपछि बागमती करिडोर र चक्रपथको बाटो भएर सवारी साधनको अत्याधिक चाप थियो । 

नयाँ बानेश्वरस्थित संसद् भवनको दक्षिण गेट अगाडिपट्टिको सडकमा एमसिसीको विरोधमा प्रदर्शन गरिएपछि उक्त क्षेत्रको यातायात आवागमन दिनभरजसो अस्तव्यस्त भएको थियो । 

प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भएको र दुवैतर्फ केही घाइतेसमेत भएको जनाइएको छ । दिउँसो सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै माइतीघर–तीनकुने सडकखण्डमा सवारी आवतजावतमा रोक लगाइएको थियो ।