२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कडा लकडाउन विरूद्ध सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन



अ+ अ-

एजेन्सी । चीनमा शून्य कोभिड नीतिको विरोधमा जनता सडकमा उत्रिएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले १३ वटा प्रमुख सहरमा पुगेको छ ।

उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए ।

प्रदर्शनका क्रममा जनताले लकडाउन हटाएर स्वतन्त्रता दिनुपर्ने भन्दै नारा लगाएका छन् । आन्दोलनकारीले भने– ‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।

चीनमा कोरोना लगातार बढिरहेको छ । गत नोभेम्बर २७ मा ४० हजार कोरोना संक्रमित भेटिएका थिए । यो अहिलेसम्मकै ठूलो संख्या हो । अहिले चीनमा सक्रिय संक्रमितको संख्या ३ लाख नाघेको छ । जसका कारण सी जिनपिङ सरकारले धेरै प्रतिबन्ध लगाएको छ ।

कडा लकडाउनका कारण ६६ लाख मानिस घरमै थुनिएका छन् । यी मानिसहरू खाद्यान्नको लागि बाहिर निस्कन समेत पाएका छैनन् । दैनिक कोभिड परीक्षणका कारण आक्रोश पनि बढ्दै गएको छ । सरकारको आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही भइरहेको छ ।