११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सरकारलाई गल्ती गर्ने कुनै छुट छैनः गगन थापा (भिडियोसहित)

सरकारलाई गल्ती गर्ने कुनै छुट छैनः गगन थापा (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताउनु भएको छ ।

नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गर्नु भयो । विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी ओलीले यो गरेन् त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नु भयो । 

नेता थापाले भन्नु भयो, “कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेन, त्यो गरेन् भनेर भन्ने दिन अव गए । अव यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साँढे ३ वर्षमा संविधानको आधारनै भत्काउने काम गरेको छ । संविधान र व्यवस्था माथिनै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।”

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । फरक प्रसंगमा उहाँले पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई दवाव समेत दिनु भयो । “पाटीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाईदैन । हाम्रो संविधानले ५ वर्ष पछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ ।” नेता थापाले भन्नु भयो, “संविधानको सो व्यवस्था अनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन ।”

नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नु भयो । पार्टीको विधानले केन्द्रिय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भएपनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उहाँले आपत्ति जनाउनु भयो ।