२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणना सकिँनै लाग्दा बाँकी रहेका ६ ठाउँको अपडेट यस्तो छ



file
अ+ अ-

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिनिधिसभातर्फ ६ स्थानको नतिजा आउँन अझै बाँकी रहेको छ ।

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये कहीँ गणना बीचमा रोकिएको छ भने केही ठाउँमा धेरै मत गन्नुपर्ने भएकाले समय लाग्ने बताइएको छ । दोलखा, स्याङ्जा, बाजुरामा भने अझै गणना सुरू भएको छैन ।

इलाम १ मा अझै १२ हजार ११९ मत गन्न बाँकी रहेको छ । हालसम्म यहाँ एमालेका महेश बस्नेत अग्र स्थानमा रहेका छन् । शनिबार यस क्षेत्रमा धाँधली भएको भन्दै पुनस् मतदानको माग गरेपछि विवाद बढेको थियो ।

उदयपुर १ मा नेपाली कांग्रेसका नारायण खड्काले १७१३ ले मतान्तर बढाउदै अग्रता कायम राखेका छन् । खड्काले २१ हजार ८३३ मत ल्याउँदा एमालेकी मञ्जुकुमारी चौधरी २० हजार १२० मत ल्याएर पछ्याइरहेकी छन् ।

त्यस्तै, सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १३ हजार ११७ मत ल्याएर अग्रस्थानमा रहेकी छन्। जसपाका अशोककुमार राईले १२ हजार ७०७ र माओवादीका मुक्‍सामहाङ्ग सुब्‍बाले १० हजार ११६ मत ल्याएका छन् ।

सुनसरीको क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले २२ हजार ८४२ मतसहित लिड गरिरहेकी छन् । कांग्रेसका विजयकुमार गच्छदार १८ हजार २६७ मतका साथ पछ्याइरहेका छन् ।

विवादपछि रोकिएको सुनसरी ४को गणना भने १७ घण्टा बित्दासम्म सुरू भएको छैन । अहिले यहाँ सर्वदलीय बैठक बसिरहेको छ । कांग्रेस उम्मेदवार सञ्चारमन्त्री कार्कीले धाँधली भएको भन्दै पुनः मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो ।

मधेसको धनुषा ४ मा नेपाली कांग्रेसका महेन्द्र यादव १०२१ मतले अगाडि छन् । उनलाई नेकपा एमालेका सचिव रघुवीर महासेठले पछ्याइरहेका छन् । ५५ हजार मत गणना गर्दा यादवले २१ हजार २२४ र महासेठले २० हजार २०३ मत पाएका छन् ।