२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डले साउदी अरेबियालाई हरायो



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा पोल्याण्डले पहिलो जित निकालेको छ । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डले साउदी अरेयिाबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पोल्याण्डलाई जित दिलाउन ३९ औं मिनेटमा प्रिटो जिलेन्स्की र ८२ औ मिनेटमा कप्तान रोर्बट लेवान्डोस्किले गोल गरे । लेवान्डोस्कीको विश्वकप करिअरमा यो पहिलो गोल समेत हो ।

पहिलो हाफको इन्जुरी समयमा साउदी अरेबियाले बराबरी गर्ने अबसर गुमायो । पोल्याण्डका गोलकिपर सेज्नीले उत्कृष्ट पेनाल्टी बचाउ गरे ।

साउदीका सलिम अल्डासरीको पेनाल्टी प्रहारलाई सेज्नीले सानदार बचाउ गरेका हुन् । त्यसपछिको रिबाउन्ड बललाई पनि सेजनीले बचाउ गर्दै गोल हुन दिएनन् ।

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो ।

जितसँगै पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा छ भने साउदी दोस्रो स्थानमा रहेको छ । आज नै यस समूहका अर्जेन्टिना रमेक्सिकोबीचमा खेल हुदैछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।