११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बारबरा फाउण्डेशनले महामारीमा खटिने फ्रन्टलाइनरलाई सम्‍मान गर्ने

बारबरा फाउण्डेशनले महामारीमा खटिने फ्रन्टलाइनरलाई सम्‍मान गर्ने
अ अ+ अ-

काठमाडौं । कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीहरु तथा संस्थालाई बारबरा फाउन्डेशनले कोभिड-१९ विशेष सम्मान प्रदान गर्ने भएको छ ।

बारबरा फाउण्डेशनले शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टलाइनमा खटिने ८० जनासहित ७ वटा संस्थालाई शनिबार (भोलि) सम्‍मान गर्न लागेको बताएको छ ।

फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार फाउन्डेशनले संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवासहित सातवटा संस्था छन् ।

यस्तै फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गर्ने जनाएको छ भने २७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

यस्तै व्यवस्थापन तथा सार्वजनिक नीति विधाअन्तर्गत १९ जना व्यवस्थापकहरुलाई सम्मान गर्ने फाउण्डेशनले जनाएको छ । साथै सोही विधा विधातर्फ तीनजनाले सम्मानसँगै २ लाख ५० हजार रुपैयाँ नगद पनि प्राप्त गर्ने भएका हुन् । 

यस्तै ल्याब–प्यारा मेडिकललगायत विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान गर्ने ९ जना मेडिकल सर्पोट कर्मचारी जनही १ लाख रुपैयाँले सम्मानित हुँदैछन् भने फ्रन्टलाईनमा सक्रिय पाँचजना स्वास्थ सहयोगी कर्मचारी जनही नगद १ लाख रुपैयाँले सम्मनित हुने भएका छन् ।