२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा साउदीविरुद्ध पोल्याण्डलाई अग्रता



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्डले पहिलो हाफ सकिँदा साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ ।

एजुकेशन सिटी मैदानमा जारी खेलमा पोल्याण्डले पहिलो हाफ सकिँदा १–० गोलको अग्रता बनाएको हो ।

खेलको ३९ औं मिनेटमा पिटर जेलेन्स्कीले गोल गरे । कप्तान रोबर्ट लेवान्डोस्कीको पासमा उनले गोल गरेका हुन् ।

यता, पहिलो हाफको इन्जुरी समयमा साउदी अरेबियाले बराबरी गर्ने अबसर गुमायो । पोल्याण्डका गोलकिपर सेज्नीले उत्कृष्ट पेनाल्टी बचाउ गरे ।

साउदीका सलिम अल्डासरीको पेनाल्टी प्रहारलाई सेजनीले सानदार बचाउ गरेका हुन् । त्यसपछिको रिबाउन्ड बललाई पनि सेजनीले बचाउ गर्दै गोल हुन दिएनन् ।