८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा चिनियाँ नागरिकको अवैध धन्दा भेटियो, लोकल रक्सी उत्पादन र बिक्रीमा रोक



अ+ अ-

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक रक्सी कारखानामा अवैधरुपमा चिनियाँ रक्सी उत्पादन गर्ने गरेको पाइएको छ । 

चिनियाँ नागरिक सी झिहुईलाई अवैधरुपमा चिनियाँ रक्सी उत्पादन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उक्त रक्सी उत्पादन गर्ने कारखानामा छापा मारेको थियो । 

चिनियाँ नागरिकले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा उत्पादन गरिरहेको प्रहरी अनुसन्धानबाट खुल्नमा आएको छ ।

उक्त कारखानाबाट ठूलो मात्रामा तयारी रक्सी तथा करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

अवैध रूपमा रक्सी उत्पादन गरिरहेको सूचनाका आधारमा लामो समयदेखि निगरानी गर्दा चिनियाँ ब्राण्डमा लोकल रक्सी बिक्री भएको पाइएपछि उक्त कारखानामा अपराध महाशाखाको टोलीले छापा मारेको हो । 

उनले महङ्गो मूल्यमा लोकल रक्सी बिक्री गर्ने गरेको समेत पाइएको छ । पक्राउ परेका सी झिहुईका बारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।




न्यूजपोलारबाट थप समाचार