११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

साताको शेयर बजारः ६७ अर्ब ७४ करोडको कारोबार

साताको शेयर बजारः ६७ अर्ब ७४ करोडको कारोबार
अ अ+ अ-

काठमाडौं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो । 

साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भयो । 
सबै दृष्टिकोणबाट हेर्दा साताभर शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गरेर तीन हजार १०० को बिन्दुमाथि पुगेको थियो । साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको हो । 

यस्तै आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशन हुन थालेकाले पनि बजारलाई सकारात्मक लय दिन सफल भएको हो । गत असार महिनाभर नेप्सेमा लगातार करेक्सन देखिएको भए पनि साउन लागेदेखि बजारले गति समात्दा लगानीकर्तामा उत्साह देखिएको छ । 

शेयर बजारका जानकारका अनुसार नेप्सेमा ‘बुलिस टे«ण्ड’ को दबदबा कायमै छ । सोही कारण पनि हरेकजसो उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८।६३ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुग्दा कारोबार रकम पनि उल्लेख्य वृद्धि भयो । कूल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको थियो । कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रही रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भएको थियो । 

आइतबार उच्च अङ्कले बढेको कारोबार मापक नेप्से परिसूचक सोमबार ८.२४ बिन्दुले ओरालो लाग्यो । त्यसदिन नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा झरेको थियो ।  

नेप्से ओरालो लागे पनि कारोबार रकम भने रु १४ अर्बमाथि रहेको छ । कूल २२३ कम्पनीका तीन करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको थियो । 

कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा रही रु ३९ करोड ३० लाख ३७ हजार ८३२ बराबरको कारोबार भयो । सोमबार कारोबारका आधारमा विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रो पावर, माउण्टेन हाइड्रो नेपाल, ग्रीन लाइफ हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, ङादी ग्रुप अफ पावरको शेयरमा सकारात्मक सर्किट लागेको थियो । 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन बजार पूँजीकरण रु ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख ३० हजार बराबर पुग्यो । लगानीकर्ताको ध्यान विशेष गरी जीवन बीमा, उत्पादन, निर्जीवन बीमा र जलविद्युत् उपसमूहको शेयरमा परेको नेप्सेको विवरणबाट देखियो । 

मङ्गलबार नेप्से २९.२४ बिन्दुले बढेर तीन हजार ७९.६७ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१९ बिन्दुले बढेर ५७४.३० मा पुगेको थियो । कूल २२५ कम्पनीका तीन करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर रु १५ अर्ब १७ करोड छ लाख ५१ हजार ६४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । केन्द्रीय बैंकले सोमबार बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गर्न निर्देशिका जारी गरेपछि त्यसदिन बैंकिङ २.६३ र लघुवित्त उपसमूहको शेयर ११६.६६ बिन्दुले घटेको थियो । 

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको रु ४९ करोड १५ लाख ५० हजार ७५५ बराबरको कारोवार भयो । नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रो पावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लाग्यो । 

बुधबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुग्यो । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से १५।३० अङ्कले बढेर तीन हजार ९४.९४ मा पुग्दा तीन हजार १०० को बिन्दुको यात्रा तय गर्यो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीका दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर रु १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ मूल्यमा खरिद बिक्री भए । 

कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार बराबर पुग्यो । यो पनि हालसम्मकै उच्च अङ्क हो । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लाग्यो । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रही रु ३८ करोड ६१ लाख ४७ हजार ८१८ बराबरको कारोबार भयो । 

बुधबार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको शेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ कायम भयो । 

कूल २१७ कम्पनीका दुई करोड ६० लाख ४० हजार २३ कित्ता रु १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढ्यो । 

कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा रही रु ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । यस साता जलविद्युत् उपसमूहका लगानीकर्ताले सर्वाधिक धेरै कमाए । त्यसमा रिडी हाइड्रोपावरका लगानीकर्ताको ३१.१२ प्रतिशतले सम्पत्ति थपियो । यस्तै नेपाल हाइड्रो डेभलपर २८.३४, ङादी ग्रुप अफ पावर २७.२२, हिमालयन ऊर्जा विकास कम्पनी २६.७२ र यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २५.९९ प्रतिशतले आर्जन गरे । 

त्यस्तै सिटिजन म्युचुअल फण्ड दुई ५.२१, एनआइसि एशिया ग्रोथ फण्ड ४.३४, सिभिल लघुवित्त ३.७६, ग्लोबल आइएमइ समुन्नत स्किम एक ३.७२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३.६५ प्रतिशतले कमाए ।