५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपमा आज ४ खेल हुँदै



अ+ अ-

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् ।

आज बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेका यी दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

यस्तै, बुधबार हुने तेस्रो खेलमा समूह ‘ई’ का स्पेन र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन् । उपाधि दाबेदार स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै बुधबार हुने चौंथो खेलमा बेल्जियम र क्यानडा आमनेसामने हुँदैछन् । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।