७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

अनेक रुपका बदर मत !

अनेक रुपका बदर मत !
अ+ अ-

बलेवा । सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेदवार तथा दलहरुले आ–आफ्नो चिह्नमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।

मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर मत निकै कम आउँछ । स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थय स्वयंसेविकालाई खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले पनि घरघर पुग्ने अभियानमा पनि मत हाल्न सिकाएकै थिए । तर शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेदवारहरुप्रतिको वितृष्ण । धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा ।

मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा छवटा चुनाव चिह्न छन् । मत सङ्केत गर्न निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिह्नमा छाप लगाएका छन् । यस्तो बदर मतको सङ्ख्या गन्ने हो भने उल्लेख्य छ । मत पत्रमा रहेका कुनै पनि चिह्नमा छाप नलगाएका मतपत्रको सङ्ख्यामा पनि कमी छैन । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरुले नो भोटको स्वरुपमा मत बदर गराइरहेको देखिँदैछ ।

केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाई छोडेको पाइयो । बागलुङ क्षेत्र नं १ मा १४ हजार एक हजार २३ मतगणना हुँदा चार सय ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।

“कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्”, मतगणनामा सहभागी एक कर्मचारीले भने, “कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिह्नमा छाप लगाइएको पनि छ”, दलहरु तथा उम्मेद्वारहरुप्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं १ प्रदेशसभा (१)मा १५ हजार नौ सय तीन मतगणना हुँदा तीन सय ५२ र प्रदेशसभा (२)मा १५ हजार एक सय ६५ मतगणना हुँदा तीन सय ९१ मत बदर भएका छन् ।

“वृद्धवृद्धा र अशक्तहरुका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो”, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खगेन्द्र पौडेलले भन्नुभयो, “सबै चिह्नमा लगाउने, खाली मत खसाल्ने गतिविधि नजानेरभन्दा जानेरै गरेको हुनुपर्छ ।”

दलहरुले बदर मत, विगतका निर्वाचनमा भन्दा फरक नतिजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको वितृष्णा किन उत्पन्न भइरहेको छ भन्ने विषयको अब खोजी हुनुपर्ने बागलुङ नगरपालिका–२ का युवा मनिष रायमाझी बताउनुहुन्छ । “‘एक मतदाताले भने मैले मत दिएँ तर मन लागेर दिएको होइन । आफ्नो अधिकार प्रयोग गरौँ भनेर गएँ तर सबैमा लगाइदिएँ”, बागलुङ नगरपालिका–२ का एक मतदाताले भने, “निर्वाचन हारजितको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, न त उनीहरु चुनाव जितेर गएपछि जनताका दुःख के छन् भनेर हाम्रो घरमा फर्केर आए, त्यसैले मलाई मत दिनै मन लागने ।”

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपथ्र्यो त्यसैले भूलवस या नजानेर पनि मत बदर हुने सम्भवान धेरै थियो । तर अहिले त्यस्तो छैन । सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट र थोरै चिन्हहरु । तर पनि यो निर्वाचनमा बदर मत धेरै अनि विभिन्न स्वरुप र तरहमा आएका छन् । त्यसैले आगामी निर्वाचनहरुमा समृद्ध व्यक्ति र निकायले यस विषयमा सोचविरचार गर्नुपर्ने देखिन्छ । रासस