५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी



अ+ अ-

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ब हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध ६ महीनाभित्र र पोखरा क्षेत्रीय विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरेको हो । गौतमबुद्ध विमानस्थलका सबै प्रक्रिया पूरा गरेर ६ महीनाभित्र सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । अहिले विमानस्थलको भौतिक प्रगति ९७ दशमलव ३३ प्रतिशत पुगेसँगै क्यालिब्रेशन फ्लाइटको तयारी गरिएको छ ।

क्यालिब्रेशन फ्लाइट (उडान) रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषयहरू पत्ता लगाउन गरिन्छ ।

क्यालिब्रेशन उडान गर्ने कम्पनीले प्रतिवेदन पनि दिनुपर्छ । यस्तो उडानमा कुनै समस्या तथा कमजोरी भएमा सुधार गरेपछि मात्रै परीक्षण उडान हुन्छ । काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै अन्य विमानस्थलहरूमा पनि २/३ वर्षको अन्तरालमा केलिब्रेशन फ्लाइट गर्दै आएको उनले बताए । गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाइल्यान्डको ‘एरो थाइ कम्पनी’सँग सहमति भए पनि कोरोना भाइरस ९कोभिड–१९०का कारण केही ढिलाइ भएको क्षत्रीले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।