२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्व-१ मा डा शशांक कोइरालाको अग्रता



file
अ+ अ-

काठमाडौँ । नवलपरासी पूर्वको प्रतिनिधिसभा-१ का उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम गर्नुभएको छ ।

कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गर्नुभएको छ । साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गर्नुभएको छ ।