११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कुनै पनि सरकारी सेवासुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा (भिडियो सहित)

कुनै पनि सरकारी सेवासुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गर्नु भएको छ । राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गर्नु भएको हो । 

उहाँले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार–व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । “स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत् सार्वजनिक गर्न चाहन्छु । हालसम्म म संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनीरुपमा नै त्याग गरिसकेको छु ।” राज्यमन्त्री श्रेष्ठले भन्नु भयो, “सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवासुविधा मध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास, तलवभत्तालगायतका कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु ।”

राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत्र मसान्तसम्म कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गर्नु भयो । नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उहाँले चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको हो । कार्य योजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अभिलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । उहाँले दोस्रो डोज खोपको पर्खाईमा रहेका ज्येष्ठ नागरिकलाई अभिलम्ब खोपको व्यवस्था गर्ने पनि बताउनुभयो । त्यसका लागि आफूले खोपको व्यवस्थापन हुने गरी खोप कूटनीतिलाई उच्च प्राथमिकता दिएको पनि राज्यमन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।

कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ । राज्यमन्त्री श्रेष्ठले कोभिड १९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबैै नेपालीलाई आह्वान गर्नु भएको छ । उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग समन्वय गरी आगामी श्रावण २३ गते देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरी आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने जानकारी पनि दिनुभयो ।

“निकट भविष्यमा आउन सक्ने कोभिड १९ को तेस्रो लहर सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिनेछ । कोभिड १९ को तेस्रो लहर फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्न सम्पूर्ण नेपालीहरुलाई हार्दिक अपिल गर्दछु ।” राज्यमन्त्री श्रेष्ठले भन्नु भयो, “सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन आगामी श्रावण २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिनेछ ।”

उहाँले कोभिड १९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरुको समूह गठन गर्ने योजना पनि अघि सार्नु भएको छ । राज्यमन्त्री श्रेष्ठले अघि सार्नु भएको २३ बूँदे कार्य योजनामा कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल र उपकरणहरुको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ ।