काठमाडौ । जनता समाजवादी पार्टीको विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाई नहुने भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’मा परेको हो ।
निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।











