२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमको रुक्मिणी माविमा विवाद हुँदा मतदान रोकियो



अ+ अ-

काठमाडौँ । रुकुमको रुक्मिणी मावि केन्द्रमा विवाद भएपछि मतदान रोकिएको छ । वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो ।

विवादपछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको छ । कुनै व्यक्तिले शारीरिक अस्वस्थताका कारण भोट हाल्न अर्कालाई दिएमा त्यस्तो भोट सम्बन्धित घरका व्यक्तिले मात्र हाल्न पाउने, यदि घरका व्यक्ति नभए मतदाताले इच्छाएको व्यक्तिले मतदान गर्न सक्ने निर्णय सर्वदलीय बैठकमा गरिएको थियो ।

तर, दलका उम्मेदवार र प्रतिनिधिले त्यसमा विवाद गरेपछि मतदान रोकिएको हो । मतदान रोकिएपछि रुक्मिणी माविमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।