११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस, मुख्य सहरमा भीषण लडाइँ

प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस, मुख्य सहरमा भीषण लडाइँ
अ अ+ अ-

अफगानिस्तान । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको छ।

अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको छ।

उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशनलाई कब्जा गरेको बताइएको छ। ग्रमीण क्षेत्रबाट भागेका कैयौँ मानिसहरूले कतिपय भवनहरूमा शरण लिएका छन्।

"यहाँ जताततै लडाइँ भइरहेको छ," त्यहाँको अस्पतालमा रहेका एकजना चिकित्सकले भने। विद्रोहीहरूसँग लड्न सयौँ थप अफगान सैनिकहरूलाई परिचालन गरिएको छ।

बीस वर्षपछि अमेरिकी सैनिकहरू त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानमा तालिबानले तीव्र रूपमा कैयौँ भू-भागहरू कब्जा गरिरहेको छ।

हेल्मन्ड प्रान्त अमेरिकी र ब्रिटिश सैन्य अभियानको केन्द्रविन्दु थियो। उक्त क्षेत्रलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो अफगान सरकारका लागि ठूलो झड्का हुनेछ।

यदि लश्कर गाहलाई तालिबानले नियन्त्रणमा लिएमा त्यो सन् २०१६ पछि तालिबानले नियन्त्रणमा लिएको पहिलो प्रान्तीय राजधानी हुनेछ।

तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारमा पनि कब्जा गर्ने कोसिस गरिरहेको छ। त्यहाँको विमानस्थलमा आइतवार रकेट हमला भएको थियो। कान्दाहारमा कब्जा गर्नु भनेको तालिबानका लागि साङ्केतिक जित हुनेछ। त्यसले उसलाई दक्षिणी क्षेत्रमा नियन्त्रणका लागि बल दिनेछ।

लश्कर गाहको अवस्था कस्तो छ?
लश्कर गाहका एकजना चिकित्सकले कैयौँ दिनको लगातारको लडाइँका कारण उक्त सहरलाई निकै अप्ठेरोमा पारेको र अधिकांश मानिसहरू हिँडडुल गर्न पनि डराएको बताएका छन्।

चिकित्सा परोपकारी संस्था एमएसएफका डाक्टर मसूद खानका अनुसार गम्भीर घाइते भएर अस्पताल आउने बिरामीहरूको सङ्ख्या पनि बढिरहेको छ।

उनले अन्य कैयौँ घाइतेहरू अस्पतालसम्म आउन पनि डराइरहेको बताए। उनका भनाइमा त्यस क्षेत्रमा औषधि र मेडिकल सामानको अभाव हुन थालेको छ।

अमेरिका के भन्छ?
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले तालिबानले गरेका अत्याचारका गम्भीर खाले घटनाहरू देखापरेको बताएका छन्।

उनले खतरामा परेका अफगानहरूका लागि नयाँ शरणार्थी कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण कूटनीतिक, व्यवस्थापकीय र प्रशासकीय चुनौतीहरू हुने बताएका छन्।

तालिबानले अमेरिकालाई सहयोग गर्ने कैयौँ अफगानप्रति प्रतिशोध साँध्न सक्ने ठानिएको छ। नयाँ शरणार्थी कार्यक्रमले पहिले योग्य नहुने ठानिएका कैयौँ अफगानहरूलाई अमेरिकामा बसोबास गर्ने अवसर प्रदान गर्नेछ।

तर अमेरिकामा बसोबास गर्न चाहने त्यस्ता व्यक्तिहरूले आवेदन दिनुपूर्व अफगानिस्तान छाडिसक्नुपर्नेछ र प्रक्रिया पूरा गर्न एक वर्षदेखि चौध महिनासम्म लाग्नेछ।(बीबीसी)