११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग

कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीहरुको माग
अ अ+ अ-

काठमाडौं । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले सरकारसँग माग गर्नु भयो । 

उहाँले निर्यात व्यापारका लागि, मुलुक मित्रै रोजगार सृजना गर्न पनि उद्योगधन्दा चाहिने भएपनि सरकारले उद्योगहरुमा काम गर्ने वातावरण निर्माणका लागि कोरोना विरुद्धको खोपको व्यवस्था अझै मिलाउन नसकेको भन्दै दुःख समेत व्यक्त गर्नु भयो । पहुँचवाला मान्छेलाई खोप दिने सरकारले उद्योगमा काम गर्ने श्रमिकहरुलाई सो व्यवस्था गर्न नसकेकोमा कर्मचारी प्रशासन प्रमुख पोखरेलको आपत्ति छ ।

सुनसरीको दुहवी–खनार लाईनमा मात्रै तीन दर्जनभन्दा बढि उद्योगहरु छन । तर ती उद्योगहरु संचालनको वातावरण बनाउन पनि सरकारले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने उद्योगीहरुको भनाई छ । मान्छेहरुको धेरै चलखेल हुने उद्योगहरुमा खोपको आवश्यक व्यवस्था मिलाए कोरोना संक्रमणको दरसमेत कम हुुने एशीयन थाई फुड्स प्रा.लि.का महाप्रबन्धक समिर साहले बताउनु भयो । 

उहाँले उद्योग, व्यवसायका श्रमिकहरुलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न ढिलाई गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै त्यहाँका उद्योगीहरुमा त्रास बढाएको छ । यता, स्थानीय प्रशासनले भने खोपका लागि ताकेता गरेपनि उपलब्ध गराउन नसकिएको प्रतिक्रिया दिएको छ । 

सरकारले समयमै कोरोनाविरुद्धको खोपको व्यवस्था नगरेपछि त्यहाँका उद्योगी, व्यवसायीहरु आफ्नो व्यवसाय संकटमा पर्ने अवस्था आएको उल्लेख गर्दै चिन्तित भएका छन ।