११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु
अ अ+ अ-

काठमाडौं । काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो । २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पार्टीको निर्माण कार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । 

८९ लाख ५५ हजार लागत अनुमान गरिएको सो पुनर्निर्माणको काम काठमाडौं महानगरपालिका भित्र रहेका सबै सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान अन्तरगत सो पार्टीको पनि पुनर्निर्माणको काम सुरु गरिएको महानगरपालिकाका मेयर शाक्यले बताउनु भयो । उहाँले महानगरपालिकाको सम्पदा संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र गुठीहरुको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गराउनु भयो ।

मेयर शाक्यले काठमाडौं महानगरपालिका भित्र विश्व सम्पदा सूचिमा सूचिकृत ४ वटा विश्व सम्पदा रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा ध्यान केन्द्रित गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गर्नु भयो । विश्वको सम्पदा हेर्न विभिन्न देशका पर्यटकहरु आउने भएकाले त्यसको संरक्षणमा स्थानीयले विशेष ध्यान दिनुपर्ने उहाँको जोड छ ।

काठमाडौं महानगरपालिकाले भूकम्पले क्षति पु¥याएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिँदै आएको छ । त्यसलाई सहयोग पुर्याउन चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि ३ करोड बजेटको व्यवस्था गरेको छ । स्थानीय र तीन वटै तहको सरकारको सहयोगमा काठमाडौं भित्रको सम्पदाहरुको संरक्षणको कामलाई अघि बढाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।