काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित कविकुञ्ज नाम दिइएको देवकोटा निवास भत्काउन थालिएको छ । उक्त भवन देवकोटा संग्रहालय बनाउनका लागि भत्काउन थालिएको हो । कविकुञ्ज निवासलाई भत्काएर नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा संग्रहालय बनाइँदै छ ।
आफू जन्मे, हुर्केको, लामो समय बसेको घर भत्काएका देख्दा महाकवि देवकोटा पुत्र एवं अंग्रेजी साहित्यका प्राध्यापक डाक्टर पद्म देवकोटाले दुःख व्यक्त गर्नुभएको छ ।
आफू जन्मेको घर भत्काउँदै गरेको दृश्यले भावुक हुनुभएका उहाँले लेख्नुभएको छ, ‘आफू जन्मेको, हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठा–कोठाको याद वैरिएर आएका छन्, यसपालि ।’











