काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल र नेता सुवास नेम्वाङ वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
पार्टी एकतको लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई भेटवार्ता गराउने प्रयासमा रहेका नेताद्वय नेम्वाङ–रावल कोटेश्वर पुगेका हुन् ।











