११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

महाकाली घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छः नारायणकाजी श्रेष्ठ (भिडियो सहित)

महाकाली घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छः नारायणकाजी श्रेष्ठ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले जयसिंह धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुकै संलग्नता भएको भन्दै भारतले नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताउनुभएको छ । 

बुधबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो – ‘म यस प्रकारको अमानविय, उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु । दोषी व्यक्तिहरु माथि तत्काल कडा कारबाही गर्न माग गर्दछु र अबका दिनहरुमा यस प्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहो¥याउन पनि म जोडदार माग गर्न चाहान्छु ।’

सांसद श्रेष्ठले यस प्रकरणले नेपाली जनतामा पीडा पैदा भएको भन्दै पीडाले र देशभक्तिको भावनाले नेपाली जनता आफै प्रतिकारको स्थितिमा आउन सक्ने चेतावनी दिदैँ सरकारले तत्काल सत्यतथ्य छानविन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली जनतामा यस प्रकारको अमानविय, क्रुर, घटनाबाट जुन पीडा पैदा भएको छ । त्यो पीडाले देशभक्तिको बाँध, मानवताविरोधी कार्यका विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैँ प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त हुँदैन । यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भन्ने म विशेष अनुरोध गर्न चाहान्छु ।’

श्रेष्ठले प्रतिनिधि सभा विघटनको प्रमुख नायक पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताउनुभयो । मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यस अघि सरकार चलाउनेहरु पनि भएको उहाँले जिकिर गर्नुभयो । यस विषयमा आत्मसमिक्षा गरेर आफुलाई सुधार्दै जानुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभालाई विघटन गरेर प्रतिगामी कदम चाल्ने प्रमुख पात्र र नायकत्व पूर्व प्रधानमन्त्री तत्कालीन सरकारका प्रमुख माननीय केपी शर्मा ओलीले नै गर्नुभएको थियो । त्यो कुरा सत्य हो । तर यो कुरा पनि हामीले आत्मसात् गर्नु जरुरी छ । यो मुलुकको दुरावस्थाका निम्ति , यो मुलुकको बेहालका निम्ति त्यो प्रवृतिका बाहक उहाँमात्रै जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, यो भन्दा अगाडी विभिन्न ढंगले सरकार चलाउने सरकारहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए । आज हामीले त्यो कुरापनि गम्भिर आत्मसमिक्षा गर्नुपर्छ । निर्मम आत्मसमिक्षा गर्नुपर्छ र आफुलाई सच्याउन हामी तयार हुनुपर्छ ।’

सांसद श्रेष्ठले सरकारलाई बाढी पीडितहरुका लागि तत्काल राहत प्याकेज ल्याउन माग पनि गर्नुभयो ।