११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

देउवा सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको छः सांसद भट्टराई

देउवा सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको छः सांसद भट्टराई
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधिकरणको सुरुवात भएको आरोप लगाउनुभएको छ । 

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधिकरण र कुशासनको सुरुवात भएको आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई सरकार बनाएको भोलिपल्टै धरौटीमा रिहा गर्नेदेखि मान्छे मार्ने व्यक्तिलाई समेत निकाल्न लागेको भन्दै सरकारले कुशासनको अभ्यास गरेको बताउनुभएको हो ।

सरकारले ओली नेतृत्वको सरकारले ल्याएर राखेको कोभिड १९ विरुद्धको खोपसमेत व्यवस्थित रुपमा जनता समक्ष पु¥याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘परमादेश सरकार बनेको अर्को दिनदेखि यो मुलुकमा राजनीतिक अपराधिकरणको सुरुवात भएको छ । हाक्काहाक्की कुशासनको आरम्भ भएको छ । लोकतन्त्र भनेको विधि र पद्धतीमा चल्ने शासन व्यवस्था हो । 

तर आज लोकतन्त्रको नाममा विधि र पद्धतीको धज्जी उडाइएको छ । एमाले सरकारले नेपाली जनतालाई पुग्नेगरी खोपको प्रवन्ध गरेको थियो । चिन्ताको विषय, अरुले व्यवस्थापन गरेको खोपको पनि यो सरकारले व्यवस्थित रुपमा जनताकोमा पु¥याउन सकेन । खोप हराए । खोपमा सोर्सफोर्सको कुरा आइरहेको छ । सोर्सफोर्सले खोप लगाउन पाउन, सर्वसाधारण वञ्चित हुने अवस्था सिर्जना भएको छ ।’

सांसद भट्टराईले अदालत  दलीय व्यवस्था र संसदीय परिपाटीको वर्खिलाप गएको भन्दै त्यसका विरुद्ध एमालेले वैचारिक संघर्ष जारी राख्ने पनि बताउनुभयो । उहाँले अहिले लोकतन्त्रले हारेको र लोकतन्त्रले हार्दा सबै नेताहरुले हार्ने पनि उल्लेख गर्नुभयो । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण भएको भन्दै उहाँले त्यसलाई स्वीकार्न नसक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘अदालत दलीय व्यवस्थाको बर्खिलाप गएको छ । अदालत संसदीय परिपाटीको विरुद्ध गएको छ । लोकतान्त्रिक मान्यताहरु खण्डित भएका छन् । संविधानको धज्जी उडाइएको छ । संविधानको ठाडो उल्लंघन र लोकतन्त्रको मर्म माथिको प्रहार सहन सकिन्न । कतिपयलाई मैले जितेको छु भन्ने लागेको हुन सक्दछ । तर लोकतन्त्रले हार्दा अहिलेको राजनीतिक मञ्चमा कुनैपनि खेलाडीको जित हुनेवाला छैन । बहुदलीय व्यवस्थामा निर्दलीयताको पक्षपोषण खतरनाक कुरा हो । यसको समर्थन गर्न सकिन्न । अदालतले गरेको यस गलत फैसलाको विरुद्ध नेकपा एमालेले आफ्नो वैचारिक संघर्ष जारी राख्दछ । र जारी राख्नुपर्दछ ।’

उहाँले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले खुट्टा कमाएको पनि बताउनुभयो । प्रधानमन्त्रीले भारतिय समकक्षीसँग सम्वाद गर्नुपर्ने अथवा राजदूतलाई बोलाएर यस सम्बन्धमा सम्वाद गर्नुपर्ने उहाँले बताउनुभयो । यस प्रकरणमा सरकारले केही गर्न नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो –  ‘यो मानवताविरोधी जघन्य अपराध हो । नेपालीहरुका लागि यो असाध्यै दुखद र पीडादायी घटना पनि हो । परमादेश सरकारले खुट्टा किन कमाएको हो ? 

भारतीय एसएसबिका जवानले तुइनको तार काटेर जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् । देखि जान्ने साक्षीहरुले यो कुरा भनिरहेका छन् । बुझ्न बाँकी के छ ? यो मानवतासँग जोडिएको र राष्ट्रियतासँग पनि सम्बन्ध राख्ने घटना हो । भारतिय पक्षको हेपाहा र मिचाहा प्रवृत्ति पनि हो । यस्तो घटनामा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले भारतिय समकक्षीसँग सम्वाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर सम्वाद गर्नुपर्ने होइन र ? तार काटेर घटना घटाउने एसएसबीका जवानलाई तत्काल कारबाही गराउनुपर्ने होइन र ? बेपत्ता जयसिंहको परिवारलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने होइन ? तर परमादेश सरकार सुनसान छ । केही गर्न सकिराखेको छैन ।’

वर्तमान सरकारले भुमी सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर गरिब र निमुखाको विरुद्धमा लागेको उहाँले बताउनुभयो । सरकारले संसदलाई बिजनेश दिन नसकेको पनि उहाँले बताउनुभयो ।