७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

बैतडीमा निर्वाचन सामग्री तयार पार्ने र सिल गर्ने काम अन्तिम चरणमा

बैतडीमा निर्वाचन सामग्री तयार पार्ने र सिल गर्ने काम अन्तिम चरणमा
file
अ+ अ-

बैतडी । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तयारी पनि तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

जिल्लाका १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र र निर्वाचन सामग्री यसअघि नै जिल्ला पुगिसकेका छन् । प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र र निर्वाचन सामग्री तयार पार्ने र सिल गर्नेलगायत कार्य अन्तिम चरणमा पुगेको छ ।

मङ्सिर २६ गतेदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएको छ । प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिमदिएसँगै उनीहरूलाई मतपत्र र निर्वाचन सामग्री पनि दिइने उहाँले बताउनुभयो । निर्वाचन अधिकारी फुयाँलले भन्नुभयो, “निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यसका साथै जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमनसमेत गरिसकेको छ ।

मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षा स्थितिलाई ध्यान दिइएर मतदानस्थलमा अनुगमन गरिएको पमुुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरिएकाले ढुक्क भएर निर्वाचन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबै स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पुगिसकेको जनाइएको छ ।

जिल्लामा एक सय २९ मतदानस्थल, दुई सय १०मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा एक हजार छ सय ८४ कर्मचारी परिचालन गरिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी, तीन स्वयंसेवक र एक कार्यालय सहयोगी खटिनेछन् ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, चार स्वयंसेवक र एक कार्यालय सहयोगी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमूना मतदान कार्य र समुदायरस्तरमै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर एक मतदाताले चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न एवं आचारसंहितालाई कडाइका साथ पालना गराउन यहाँ निर्वाचनको अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको कारोबार, ओसारपसार र सेवन पूर्णरुपमा निषेध गरिएको छ ।

मदिराका कारण निर्वाचनका समयमा शान्तिसुरक्षा खलल पुग्नेसक्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको बिक्रीवितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कसैले सूचनाको अवज्ञा गरेर मदिराको कारोबार र सेवन गरेको पाइएमा कानुनअनुसार कारवाही हुने प्रशासनले जनाएको छ । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र तोकिएको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।

एक सिटका लागि ११ जना प्रतिस्पर्धामा

प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये लोकतान्त्रिक वाम–गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि चुनाव जित्ने जिकिर गरिरहेका छन् ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर ९विजयसुन्दर० चुनावी मैदानमा हुनुहुन्छ भने यस्तै नेकपा ९एमाले०का तर्फबाट प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि प्रतिस्पर्धी बन्नुभएको छ

राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसाइँ, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा हुनुहुन्छ ।

यसैबीच प्रदेशसभा क्षेत्र नं १ का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा हुनुहुन्छ । हाल उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् ।

उम्मेदवारी धेरैले दिएको भए पनि यहाँ मुख्य प्रतिस्पर्धा भने एमाले र सत्ता–गठबन्धनबीच हुने अनुमान गरिएको छ । रासस