५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ ।

यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए(नभएको खुलेको छैन ।

प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।

छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।

हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।

अनुसन्धानको दायरामा लिइएका केही प्रहरी अधिकारीलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर १ मा आन्तरिक थुनामा राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । प्रश्नपत्र आउट भएपछि डीएसपी खड्कासहित आठ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएको बताइन्छ ।

प्रधान कार्यालयबाट साइबर ब्युरोमा सरुवा भएका कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको अनुसन्धानमा खुल्न आएको छ । यस्तै, यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको पनि सो प्रकरणमा संलग्नताको आशंका छ ।

घटनाको अनुसन्धान गर्न बनाइएको छानबिन समितिका संयोजक डीआईजी लामाले अनुसन्धान जारी रहेको र छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिए ।

‘के कसरी कारण प्रश्नपत्र आउट भयो ? कोको संलग्न थिए ? भनेर अनुसन्धान हुँदै छ । केहीलाई निगरानीमा राखेका छौं, छिट्टै सत्यतथ्य ल्याउँछौं,’ प्रहरी प्रधान कार्यालयका डीआईजी लामाले भने ।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका सएसपी वसन्त कुँवरले प्रश्न पत्र आउट गर्नेहरूउपर के हुन्छ ? भन्ने प्रश्नमा छानबिन समितिको निष्कर्षका आधारमा टुंगो लाग्ने जानकारी दिए ।

‘छानबिन समितिको निष्कर्ष कुरौं, त्यसपछि केही कुरा आउला, केही आए त्यहीअनुसार सिफारिस होला,’ प्रहरी प्रवक्ता कुँवरले भनेको ,माचार राजधानी दैनिकमा प्रकाशित छ ।